२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम

शनिवार , माघ २४, २०८२

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए । त्यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम भएको निर्देशनालयले जनाएको छ ।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्र–छात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ