२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकपमा वेस्ट इण्डिजको विजयी सुरुवात

शनिवार , माघ २४, २०८२

काठमाडौं । आजदेखि सुरु भएको टी–२० विश्वकपमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित निकालेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.५ ओभरमा अलआउट हुँदै १४७ रन मात्र बनायो ।

स्कटल्यान्डका रिचि बेरिङटनले ४२ रन बनाए । त्यस्तै, टम ब्रुसले ३५ रन, जर्ज मुन्सीले १९ र मार्क वाटले १५ रन बनाए ।

बलिङमा वेस्ट इण्डिज रोमारियो शेफर्डले ह्याट्रिकसहित ५ विकेट लिए ।

यसअघि वेस्ट इण्डिजले ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि शिम्रोन हेटमायरले ६४ रन बनाए । त्यस्तै ओपनर ब्रान्डन किङले ३५ रन, सरफेन रथरफोर्डले २६ रन, रोवमन पवेलले २४ रन बनाए ।

बलिङमा स्कटल्याण्डका ब्राड क्युरीले २ विकेट लिए । सफयान शरिफ, ओलिबर डेविडसन र माइकल लिस्कले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ