२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी-२० विश्वकप: मुम्बईको वानखेडेमा आज नेपाल र विश्व विजेता इंग्ल्यान्ड भिड्दै

आइतवार , माघ २५, २०८२

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा आज नेपालले दुई पटकको विश्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपाली क्रिकेट इतिहासमा इंग्ल्यान्डविरुद्धको यो पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल हो।

सन् २०१४ मा बंगलादेशमा डेब्यु गरेको नेपाल १० वर्षपछि सन् २०२४ को विश्वकपमा फर्किएको थियो। अहिले लगातार दोस्रो पटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल ऐतिहासिक सावित हुने देखिन्छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स र क्यानडालाई पराजित गर्दै उच्च मनोबलका साथ मैदान उत्रिँदैछ।

नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान आशिफ शेख मुख्य हतियारका रूपमा देखिएका छन्। यस्तै, अनुभवी खेलाडी सोमपाल कामी तीनवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेर कीर्तिमान रच्दैछन्।

युवा स्टार ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्यान्ड सन् २०१० र २०२२ को विश्व विजेता हो। इंग्ल्यान्डले यो खेलका लागि आफ्नो बलियो ुप्लेइङ–११ सार्वजनिक गरिसकेको छ, जसमा आक्रामक ओपनर जोस बटलर र फिल साल्ट सामेल छन्। बलिङतर्फ तीव्र गतिका जोफ्रा आर्चर र अनुभवी स्पिनर आदिल राशिद नेपालका लागि मुख्य चुनौती बन्न सक्छन्।

नेपाल रहेको समूह सी लाई यस विश्वकपको सबैभन्दा कठिन समूह मानिएको छ। यस समूहमा नेपाल र इंग्ल्यान्डबाहेक वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। समूहका शीर्ष दुई टोली मात्र सुपर आठ चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ