२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली क्रिकेट टोलीलाई बालेनले शुभकामना दिँदै भनेः ‘सिंगो देश तपाईंहरूको साथमा छ’

आइतवार , माघ २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालले आईसीसी विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा नेपाली क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाउने महत्वपूर्ण माध्यम बनेको उल्लेख गरेका छन् ।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको स्मरण गर्दै शाहले उक्त प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको बताए । त्यस समयमा समानुपातिक सांसदका उम्मेदवारसमेत रहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा महत्वपूर्ण योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

शाहका अनुसार आजदेखि नेपालले तेस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । क्रिकेटले देशलाई एकताबद्ध गर्ने, खुशी बाँड्ने र व्यावसायिक सम्भावनाको ढोका खोल्ने काम गरेको उनको भनाइ छ । साथै क्रिकेटकै माध्यमबाट नेपाल र नेपालीलाई विश्वस्तरमा चिनाउन सहयोग पुगेको उनले बताए ।

क्रिकेटको भविष्यको दिशा र विकासको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिइएको उल्लेख गर्दै शाहले उनको अनुभव, अनुशासन र नेतृत्व क्षमताको सदुपयोग गरी नेपाली क्रिकेटलाई अझ अगाडि बढाइने विश्वास व्यक्त गरेका छन् ।

लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै शाहले सिंगो देश टोलीको साथमा रहेको सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ