२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

आइतवार , माघ २५, २०८२

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाललाई इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ ।

आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

इंग्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए ।

बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ