२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकपः आज नेपाल र इटली भिड्दै, १२ वर्षपछिको जितको खडेरी तोड्ने दाउमा नेपाल

बिहिवार , माघ २९, २०८२

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ। मुम्बईको ऐतिहासिक वाङ्खेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने दाउमा हुनेछन्।

यसअघि नेपाल इंग्ल्यान्डसँग र इटली स्कटल्यान्डसँग पराजित भएका थिए। यी दुई टोली १३ वर्षपछि पहिलो पटक टी–२० संरचनामा भिड्न लागेका हुन्। सन् २०१४ मा अफगानिस्तानलाई हराएयता विश्वकपमा जित निकाल्न नसकेको नेपालका लागि आजको खेल त्यो ऐतिहासिक खडेरी तोड्ने सुवर्ण अवसर हो।

१३ वर्षपछि फेरि एकपटक नेपाल र इटली क्रिकेटको मैदानमा उत्रिँदैछन्। सन् २०१३ को डिभिजन ३ पछि पहिलो पटक यी दुई राष्ट्रबीच भिडन्त हुन लागेको हो। यो खेल नेपालका लागि केवल एक खेल मात्र नभई सन् २०१४ पछिको विश्वकप जितको प्रतीक्षा समाप्त गर्ने मोड पनि हो।

मुम्बईको ब्याटिङ मैत्री पिचमा नेपाली ब्याटरहरूले आफ्नो लय समात्न सके इटलीविरुद्ध सुखद नतिजा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ