काठमाडौं । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। कुल ३०० सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै बीएनपी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
निर्वाचनमा देशभरका १२ करोड ७० लाखभन्दा बढी मतदाताले बिहीबार मतदान गरेका थिए। निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारसम्बन्धी ‘जुलाई राष्ट्रिय बडापत्र’ विषयमा जनमत संग्रहसमेत एकैसाथ सम्पन्न गरिएको थियो।
यस पटकको निर्वाचनमा ५१ राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
लामो समय सत्तामा रहेको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएपछि यस निर्वाचनमा उक्त दलको सहभागिता रहेको थिएन।
प्रतिक्रिया दिनुहोस