२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकपः आज नेपाल र वेस्ट इन्डिज भिड्दै, हारको शृंखला तोड्ने दाउमा नेपाल

आइतवार , फाल्गुण ३, २०८२

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिस्पर्धी वेस्ट इन्डिजको सामना गर्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ।

समूह ‘सी’ मा रहेको नेपाल यसअघि इंग्ल्यान्ड र इटालीसँग पराजित भइसकेकाले आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

वेस्ट इन्डिज ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ र उसलाई सुपर आठमा पुग्न आजको खेल महत्त्वपूर्ण छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाललाई यसपटक आफ्नो साख जोगाउन वेस्ट इन्डिजविरुद्ध सुधारिएको ब्याटिङ र बलिङको खाँचो छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली आज वानखेडेमा ऐतिहासिक नतिजा निकाल्ने लक्ष्यमा रहनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ