काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । समूह चरणको खेलमा नेपाल आज वेस्ट इन्डिजसँग पराजित भएसँगै स्कटल्यान्डसँगको अन्तिम समूह खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित भएको हो।
यसअघि इंग्ल्यान्डसँग चार रन र इटालीसँग दश विकेटले पराजित भएको नेपाललाई आइतबार वेस्ट इन्डिजले ९ विकेटले पराजित गर्यो।
लगातार तीन जित निकालेको वेस्ट इन्डिज भने सुपर-८ मा पुगेको छ। यसअघि उसले स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराएको थियो।
आजको खेलमा टस जितेर वेस्ट इन्डिजले पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ बल र १ विकेटको क्षतिमा भेट्टायो । आजको खेलमा नेपाल ब्याटिङ र बलिङ दुवैमा नेपाल कमजोर देखियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपालालई लज्जास्पद स्कोरबाट बचाए। विश्वकपमा यो नेपालको १२ वर्षपछिको अर्धशतक हो।
यसअघि सन् २०१४ मा नेपालका लागि सुवास खकुरेलले अफगानिस्तानविरूद्ध अर्धशतक प्रहार गरेका थिए। अन्तिम ओभरमा आउट हुनुअघि उनले ५८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रको अर्धशतक महत्वपूर्ण सावित भयो।
प्रतिक्रिया दिनुहोस