२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मिसेस नेपाल वर्ल्ड रक्षा पन्तलाई ‘तपाइकोबजार’ द्वारा इलेक्ट्रिक स्कुटर हस्तान्तरण

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइकोबजारको प्रायोजनमा एक इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । काठमाडौंको पानीपोखरीस्थित तपाइकोबजार शोरुम परिसरमा आयोजित विशेष कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए । त्यसैगरी सम्मानित अतिथिहरूमा वरिष्ठ कलाकार सरोज खनाल, वरिष्ठ कलाकार धिरेन शाक्य तथा वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधि, अटो व्यवसायी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौला तथा प्रमुख कार्यकारी अधिकृत माया लामाको संयुक्त उपस्थितिमा विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ का अन्य विजेताहरूलाई समेत आयोजक संस्थाद्वारा विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । “हामी व्यवसाय मात्र होइन, समाजसँग जोडिएको संस्था हौँ। प्रतिभाशाली महिलालाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो,” उनले भने।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहभागीहरूले विजेताहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेका थिए । इलेक्ट्रिक सवारीको प्रवर्द्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहललाई सकारात्मक रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ