२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इरानमा अमेरिकी–इजरायली आक्रमणः इरानभर २०० बढी मारिए, खामेनी मारिएको ट्रम्पको दाबी

आइतवार , फाल्गुण १७, २०८२

तेहरान (एजेन्सी) । अमेरिका र इजरायलले शनिबार इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा संयुक्त रूपमा भीषण हवाई आक्रमण गरेका छन् । यसक्रममा दक्षिणी इरानको मिनाब सहरस्थित एउटा विद्यालयमा मिसाइल खस्दा कम्तीमा १०८ जनाको मृत्यु भएको छ भने इरानभरि हालसम्म २०१ जनाले ज्यान गुमाएको आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छ।

होर्मोजगान प्रान्तको मिनाबस्थित शजरेह तय्येबाह बालिका प्राथमिक विद्यालयमा तीनवटा मिसाइल खसेका थिए। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणको समयमा विद्यालयमा करिब १७० जना बालिकाहरू अध्ययनरत थिए। इरानको रेड क्रिसेन्टले घटनास्थलबाट १०८ जनाको शव निकालिएको र ७४७ जना घाइते भएको पुष्टि गरेको छ।

अमेरिकी र इजरायली पक्षले उक्त विद्यालयभन्दा ६०० मिटर दूरीमा रहेको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको क्याम्पलाई निशाना बनाउन खोजिएको दाबी गरेका छन् । यद्यपि, इरानी राष्ट्रपति मोसुद पेजेस्कियानले यसलाई जंगली कार्य भन्दै आक्रमणकारीहरूको अपराधको इतिहासमा अर्को कालो पाना थपिएको टिप्पणी गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विशेष सम्बोधनमार्फत इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्। ट्रम्पले खामेनीको मृत्युलाई इरानी जनताका लागि न्याय र सरकार परिवर्तनको अवसर भनेर व्याख्या गरेका छन्। यद्यपि, इरानी अधिकारीहरूले भने खामेनी र राष्ट्रपति पेजेस्कियान सुरक्षित रहेको दाबी गर्दै ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्।

यो आक्रमण अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम र सैन्य क्षमतालाई ध्वस्त पार्न चलाएको अपरेशन एपिक फ्युरी र रोरिङ लायनु को हिस्सा भएको बताइएको छ। इरानले पनि प्रतिशोधस्वरूप मध्यपूर्वका विभिन्न अमेरिकी आधार शिविर र इजरायली क्षेत्रमा मिसाइल प्रहार गरेको छ, जसले गर्दा यो संघर्षले क्षेत्रीय युद्धको रूप लिन सक्ने डर बढेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ