२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, चार जनाको मृत्यु, छ घाइते

बुधवार , फाल्गुण २०, २०८२

बेरुत, क्यूएनए । इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।

उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका लागि निकासी चेतावनी जारी गरेको थियो ।

यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ