२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निर्वाचनमा देशभरी हेलिकप्टर गस्ती गरिने

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । केन्द्रीय सुरक्षा समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने निर्णय गरेको छ । बैठकले बिहीबार हुने निर्वाचनमा देशभरी नै हेलिकप्टरबाट गस्ती गर्ने र हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

त्यसैगरी निर्वाचनको समयमा गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले बताइन् । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको उनले बताइन् ।

बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ