२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाउने नेपालको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा अनुमोदन

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तरराष्ट्रिय वेलनेस दिवसका रुपमा मनाउनका लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले उक्त प्रस्ताव महासभाको पूर्ण बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई महासभाले सर्वसम्मत रुपमा अनुमोदन गरेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रस्ताव प्रस्तुत गर्दै राजदूत थापाले वेलनेसको अवधारणाले शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय पक्ष समेट्ने र यसको मान्यता विश्वव्यापी रुपमा बढ्दै गरेको उल्लेख गरे ।

“विश्वव्यापी रुपमा देखिएको सङ्कट र चुनौतीका हामीले विभिन्न प्रकारका स्वास्थ्य समस्या भोगिरहेका छौँ”, उनले भने, “वेलनेसको प्रवद्र्धनले मानसिक स्वास्थ्यलगायत नसर्ने रोगको आर्थिक भार घटाउन, समुदायको सहनशीलता सुदृढ गर्न र आर्थिक र सामाजिक विकासमा सहयोग गर्छ ।”

नेपालले अघि सारेको उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ४० वटा सदस्य राष्ट्रले सहप्रायोजन गरेका थिए भने अन्य सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

यसअघि संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी नियोगले विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलहरूसँग पारदर्शी, समावेशी तथा सहमतिमूलक परामर्श गर्दै प्रस्तावलाई अन्तिम रूप दिएको थियो । नेपालले कुनै अन्तरराष्ट्रिय दिवस घोषणा गर्ने प्रस्ताव अघि सारेर अनुमोदन भएको यो पहिलो पटक भएको पनि नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ