२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्यगरी आफ्नो हैसियतभन्दा बढी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाएको छ । उक्त मुद्दामा तिवारीकी श्रीमती मिनादेवी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार तिवारीको सेवा प्रवेश अवधि मिति २०४४/०५/१९ देखि अवकाश भएको मिति २०७८/०१/०९ सम्मको जाँच अवधिमा कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रूपैयाँ भेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ