काठमाडौ / नेपालमा बसेर अवैध र शंकास्पद गतिविधि गरेको भन्दै प्रहरीले दुइ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्साल क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिसा’ मा नेपाल आई भिषाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका चिनियाँहरुलाई अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएका जानकारी अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरुले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रुपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने लगायतका गतिविधिमा संलग्गन रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस