२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान: ७ दिनभित्र आवेदन दिन आग्रह

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठन गरिएको सिफारिस समितिले सूचना जारी गर्दै योग्य र इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको हो ।

सूचना अनुसार, उक्त पदका लागि उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ । साथै, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमध्ये कुनै एकमा कम्तीमा सात वर्षको व्यावसायिक अनुभव अनिवार्य गरिएको छ ।

इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव पुष्टि गर्ने कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ ।

आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको ‘वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा’ अन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनुपर्नेछ ।

धितोपत्र बोर्डको अध्यक्ष पद लामो समयदेखि रिक्त रहेकाले नयाँ नियुक्तिले पुँजी बजारको नियमन र सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट