काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिको अनुमानित विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो भने सो अवधिमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत कायम भएको थियो । गत वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरको गति केही सुस्त देखिएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षका ६ देखि ८ महिनाको वास्तविक तथ्याङ्क र बाँकी ४ महिनाको अनुमानित प्रक्षेपणका आधारमा यो विवरण सार्वजनिक गरेको हो ।
बढ्दो आर्थिक आकारका बाबजुद वृद्धिदरमा देखिएको यो सङ्कुचनले मुलुकको आर्थिक गतिशीलतामा थप सुधारको आवश्यकता रहेको सङ्केत गर्छ ।
प्रतिक्रिया दिनुहोस