२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

व्यवसायी शेखर गोल्छालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ । सोमबार सर्वोच्चले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै धरौटी तिर्न नसकेमा मात्रै थुनामा राख्न सकिने अदालतको निष्कर्ष छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सो आदेश गरेको हो ।

त्यस्तै, सर्वोच्चले गोल्छालाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको छ ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले गत वैशाख ११ मा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ