२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

शनिवार , बैशाख २६, २०८३

झापा । गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र-न-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए ।  घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उनले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ