२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बुधवार , बैशाख ३०, २०८३

तम्घास । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मङ्गलबार साँझ कुटपिटपछि राति नै सुमित्रालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । तर अस्पतालले राति १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिइन् ।

मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सातवटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ । मादक पदार्थ सेवनबाट उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

अहिले थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ