२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, दिउँसो १ बजे प्रदेश प्रमुखले प्रस्तुत गर्ने

सोमवार , जेठ ११, २०८३

दाङ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।

प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दिउँसो १ बजे बस्ने छैठौँ बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ । बैठकमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि विशेषगरी विकास, सुशासन, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य केन्द्रमा राखेको जनाएको छ । यसका साथै कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको सरकारको दाबी छ ।

आज सार्वजनिक हुने नीति तथा कार्यक्रममार्फत नै प्रदेश सरकारका आगामी योजना, दीर्घकालीन प्राथमिकता र आगामी बजेटको मूल आधार तय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ