२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकार सही ट्र्याकमा छैन, जनस्तरबाट प्रतिवादको अवस्था आउन सक्छ : प्रचण्ड

आइतवार , जेठ ३, २०८३

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा नबढेको आरोप लगाउँदै जनस्तरबाट प्रतिवादको अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर प्रश्न उठेकाले अब समर्थन गर्न नसकिने स्पष्ट पारे ।

उनले सरकारले सुकुमबासी, ट्रेड युनियन र विद्यार्थीका समस्या समाधान गर्न चासो नदिएको र संविधान संशोधनसम्बन्धी बहसलाई समेत पारदर्शी ढंगले अगाडि नबढाएको आरोप लगाए ।

संसद् चलिरहेको अवस्थामा त्यसलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । ‘आफ्नै दुई तिहाइ नजिकको समर्थन हुँदा पनि नियमित प्रक्रियाबाट विधेयक नल्याई अध्यादेशको बाटो रोज्नु लाजमर्दो कुरा हो,’ प्रचण्डले भने ।

सुरुवाती दिनमा सरकारका केही काम सकारात्मक देखिए पनि पछिल्ला गतिविधिले समर्थन गर्ने सबै आधार समाप्त गरिदिएको दाबी प्रचण्डको छ । उनले सरकारले आफ्नो कार्यशैली नसच्याएनेकपा शान्त नबस्ने संकेत गरे ।

लोकतन्त्र, संविधान र जनअधिकारमाथि कतैबाट पनि आँच आउने काम भएमा आफ्नो पार्टीले सडक र सदन दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ