२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सांसद केसीको सुझाव

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन् । 

आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे ।

उनले वृहत राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ