२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कि प्रधानमन्त्री ल्याउनुस् कि मलाई निकाल्नुस् भन्दै हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

बुधवार , जेठ १३, २०८३

काठमाडौं । हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै संसद् बैठक बहिष्कार गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विरोध जनाएका साम्पाङले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । आफूहरूले पटक–पटक प्रधानमन्त्रीको जवाफ माग्दा पनि बेवास्ता गरिएको भन्दै उनले सभामुख डोल प्रसाद अर्याल को ध्यानाकर्षण गराएका थिए ।

सभामुख अर्यालले यस विषयमा अघिल्लो बैठकमै समेत छलफल भएको बताएका थिए । त्यसपछि समय लिएर बोल्दै साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा मन्त्रीले सदनमा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।

“सभामुखले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निष्कासन गरियोस्,” उनले भने ।

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने अन्यथा आफूलाई सदनबाट निकाल्नुपर्ने अडान दोहोर्‍याउँदै केहीबेर सवालजवाफपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ