२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चिया निर्यातमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न कूटनीतिक पहल भइरहेको छ : मन्त्री गौरी कुमारी

बुधवार , जेठ १३, २०८३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि समाधान भइसकेको भन्दै यसको दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी हुन् ।

यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उनले बताइन् ।

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र  १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन् । 

आर्थिक वर्ष २०८१–८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ