२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध र आर्थिक सहकार्यबारे छलफल

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि  चीनका राजदूत चाङ माओमिङबीचले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन  सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ  साझेदारी आवश्यक भएकामा जोड दिए ।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
4
S
Saugat Sigdel
6 days ago
fjfgj
Anonymous
6 days ago
Helo
S
Saugat Sigdel
6 days ago
Hello
S
Saugat Sigdel
6 days ago
Hello
ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ