२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

१९औँ गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा विशेष समारोह (फोटोफिचर)

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । आज विभिन्न कार्यक्रमका साथ देशभर १९ औँ गणतन्त्र दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा सरकारले विशेष औपचारिक समारोह आयोजना गरेको थियो ।

KRB_KTM_U3A7801.jpg

जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ ।

feature image

टुँडिखेलमा कार्यक्रम सुरु हुनुअघि नेपाली सेनाले बिहानै गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । त्यसपछि सैनिक मञ्चमा बिहान ८ बजेदेखि औपचारिक समारोह सुरु गरिएको थियो ।

KRB_KTM_U3A7878.jpg

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए ।

KRB_KTM_U3A7907.jpg

अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने परम्परा रहेकामा यस वर्ष प्रधानमन्त्री बालेनले भने सम्बोधन गरेनन् ।
कार्यक्रम हुनुपूर्व सुरक्षाकर्मीहरुले कवाज प्रदर्शन गरेका थिए ।

KRB_KTM_U3A7898.jpg
KRB_KTM_U3A7766.jpg
KRB_KTM_U3A8019.jpg
KRB_KTM_U3A8000.jpg
KRB_KTM_U3A7914.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ