काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) को २३औँ वार्षिक साधारणसभाको अवसरमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष तथा प्रिमियर वायरस् प्रा.लि.का प्रबन्ध निर्देशक पवन सारडाले प्रतिष्ठित ‘बेस्ट प्रदेश अवार्ड’ प्राप्त गरेका छन्।
उद्योगी–व्यवसायीको हकहित संरक्षण, निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने नेतृत्व, सरकारसँग प्रभावकारी समन्वय तथा उद्योग–व्यवसाय प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा सारडा उक्त अवार्डबाट सम्मानित भएका हुन्।
कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलगायत सहभागी थिए । उक्त अवार्ड सारडालाई अर्थमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।
यो सम्मान सम्पूर्ण कोशी प्रदेशका उद्योगी–व्यवसायीका लागि प्रेरणाको विषय बनेको कम्पनीले जनाएको छ।
दूरदर्शी नेतृत्व, समर्पण र निरन्तर प्रयासमार्फत आगामी दिनमा समेत उद्योग तथा उद्यमशीलता विकासमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले सारडालाई बधाई तथा शुभकामना समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस