२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल : सीमा समस्या कुटनीतिक रुपमा समाधान हुने

आइतवार , जेठ २४, २०८३

काठमाडौ।भारतीय समकक्षीको डा.एस जयशंकरको निमन्त्रणामा भारतको भ्रमणका गएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । उनी तिन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् ।

भारत भ्रमणका क्रममा उनले समकक्षी जयशंकर सहित उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेका थिए । भेटका क्रममा दुइ देशको हितका विषयमा छलफल भएको थियो । मन्त्री भएपछि मन्त्री खनालको यो पहिलो अन्तराष्ट्रिय भ्रमण हो ।

भ्रमणका क्रममा दुइ देश बीच देखिएको सीमा समस्या कुटनीतिक रुपमा समाधान का लागि छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खनालले –‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हाे ।’

खनालले  अहिले त्यही ढंगबाट संयन्त्रले काम गरिरहेकाे बताए । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने छलफल भएको उनको भनाई थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट