२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपा सिन्धुपाल्चोकको अधिवेशन पुन : स्थगित,गुटगत विवादले निर्वाचन अन्यौलमा

आइतवार , जेठ २४, २०८३

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देखिएको विवादका कारण शनिबारदेखि सुरु भएको अधिवेशन आइतबार पनि निष्कर्षमा पुग्न सकेन।

सुकुटेस्थित कार्यक्रमस्थलमा शनिबार सुरु भएको अधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेसँगै स्थगित भएको थियो ।  विवाद समाधान गरी निर्वाचन सम्पन्न गराउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले आइतबार काभ्रेका सांसद मधुकुमार चौलागाईंको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति खटाएको थियो ।

तर निर्वाचन स्थलको विषयमै नयाँ विवाद उत्पन्न भयो, एक पक्षले बन्दसत्रको बाँकी प्रक्रिया मेलम्चीमा सञ्चालन गर्ने भन्दै प्रतिनिधिहरूलाई त्यहाँ जान आग्रह गरेको थियो, केही प्रतिनिधिहरू मेलम्चीतर्फ लागिसकेपछि केन्द्रीय समितिले भने निर्वाचनको बाँकी काम जिल्ला सदरमुकाम चौतारामा हुने निर्णय सार्वजनिक ग¥यो ,यसले थप अन्योल सिर्जना गरेपछि निर्वाचन प्रक्रिया नै प्रभावित बनेको रास्वपाका एक प्रतिनिधिले जानकारी दिए । 

717201299_10241841901893878_3316844301284557049_n.jpg

लगातारको विवाद र सहमति जुट्न नसकेपछि निर्वाचन समितिका संयोजक चौलागाईंले निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेका छन्।

निर्वाचन समितिका सदस्य विनोद कडेलले आन्तरिक शक्ति संघर्षका कारण निर्वाचन गराउन नसकिएको बताए । ‘सिन्धुपाल्चोकमा निकै ठूलो ‘गेम’ चलिरहेको रहेछ , समस्या पनि उहाँहरू आफैं सिर्जना गर्नुहुन्छ, विवाद पनि आफैं गर्नुहुन्छ । यस्तो अवस्थामा निष्पक्ष निर्वाचन गराउन सम्भव भएन,’ उनले भने ।

समितिकी अर्की सदस्य करुणा पाण्डेले पनि दुई पक्षबीचको तीव्र ध्रुवीकरणले निर्वाचन अवरुद्ध भएको बताइन्। ‘नुवाकोटमा पनि धेरै आकांक्षी नेताहरू थिए, तर सहमतिबाट नेतृत्व चयन गर्न सफल भयौं, यहाँ भने दुई पक्षलाई एकै ठाउँमा ल्याउनै सकिएन,’ उनले भनिन् । 

निर्वाचन समितिका एक सदस्यका अनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका दुई नेताको फरक–फरक राजनीतिक स्वार्थ विवादको मुख्य कारण बनेको देखिएको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका भरतप्रसाद परजुली र क्षेत्र नम्बर २ का उम्मेदवार अजय श्रेष्ठ पक्षबीचको प्रतिस्पर्धाले अधिवेशन प्रभावित भएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकमा संगठनको विवादभन्दा बढी प्रतिष्ठाको लडाइँ जस्तो देखियो, यहाँ देखिएका सबै यथार्थ हामी केन्द्रलाई प्रतिवेदनमार्फत जानकारी गराउँछौं, निर्वाचन समितिका एक सदस्यले भने ।

रास्वपा सिन्धुपाल्चोकमा पार्टी स्थापनाकालदेखि सक्रिय नेताहरू र निर्वाचनका बेला पार्टीमा प्रवेश गरेका समूहबीच मतभेद रहँदै आएको छ , जिल्ला अधिवेशनमा देखिएको विवादलाई पनि त्यही आन्तरिक शक्ति संघर्षको निरन्तरताका रूपमा हेरिएको छ । 
जिल्ला नेतृत्व चयनका लागि आयोजना गरिएको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएपछि रास्वपा सिन्धुपाल्चोकको संगठनात्मक भविष्य र नेतृत्व चयन प्रक्रिया थप अन्योलमा परेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट