२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सरकार जनताले पाएका अधिकार खोस्ने र संविधान मास्नेतिर अघि बढ्दैछ : संयोजक प्रचण्ड

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको बताएका छन् । 

आज (आइतबार) काठमाडौंमा नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अब सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको पनि बताए । अध्यक्ष दाहालले आफूहरूले विगतमा गरेका भूलबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेको भन्दै अब सरकारबारे आफूले संसदमा पनि धेरै विषयहरू बोल्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट