२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

एमाले वागमतीमा मनोनयन विवाद : ‘आफ्नालाई पुरस्कार, पराजितलाई पुनः अवसर’ भन्दै नेताकै विद्रोह

सोमवार , आषाढ १५, २०८३

काठमाडौं  / नेकपा एमाले वागमती प्रदेश कमिटीले रिक्त प्रदेश कमिटी सदस्य तथा विभिन्न विभागमा गरेको मनोनयनपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। पार्टी नेतृत्वले सार्वजनिक रूपमा नीति, विधि र संस्थागत प्रक्रियाको पक्षमा बोल्ने तर व्यवहारमा त्यसको उल्लङ्घन गरेको भन्दै प्रदेशका नेता–कार्यकर्ताले खुला प्रश्न उठाएका छन्।

केही दिनअघि वागमती प्रदेश कमिटीले रिक्त सदस्य तथा विभागीय जिम्मेवारीमा नयाँ मनोनयन गरेको थियो। तर उक्त निर्णय सार्वजनिक भएसँगै विभिन्न जिल्लाका नेताहरूले सामाजिक सञ्जालदेखि आन्तरिक छलफलसम्म नेतृत्वको निर्णयमाथि प्रश्न उठाउन थालेका हुन्।

नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिव राधिका सापकोटाले सामाजिक सञ्जालमार्फत प्रदेश नेतृत्वमाथि कडा टिप्पणी गर्दै अधिवेशनमा पराजित भएकालाई फेरि अवसर दिने निर्णयको औचित्यमाथि प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्–‘जिल्ला अधिवेशनमा पराजित भएकालाई अन्याय भयो भन्दै प्रदेशमा लैजाने, प्रदेश अधिवेशनमा पराजित भएकालाई फेरि प्रदेशमै मनोनयन गर्ने निर्णय कसरी भयो ।’

सापकोटाले संस्थागत प्रक्रियामाथि पनि प्रश्न उठाउँदै जिल्लाको वर्तमान नेतृत्वको विरोध गर्नेहरूलाई त्यसैको पुरस्कारस्वरूप माथिल्लो कमिटीमा स्थान दिइएको आरोप लगाएकी छन्। साथै प्रदेश नेतृत्वलाई व्यंग्यात्मक रूपमा ‘महाराज’ को संज्ञा दिँदै मनोनयन प्रक्रिया निकटता र समूहगत आधारमा भएको संकेत गरेकी छन्।

उनले लेखेकी छन् ‘यदि मनोनयन नै गर्ने हो भने अरू पराजित पदाधिकारी र सदस्यहरू किन छुटाइयो? परिवार, आफ्ना निकटस्थ र भक्तहरूको सूची अझै अधुरो छ भने त्यही सर्कुलरमै थपिदिए हुन्छ ।’

सापकोटाको असन्तुष्टि व्यक्तिगत नभई प्रदेशभर देखिएको प्रतिक्रिया भएको एमालेकै केही नेताहरूको दाबी छ। सिन्धुपाल्चोकमा डिबी तामाङ र सूर्य लामाको मनोनयनलाई लिएर समेत असन्तुष्टि देखिएको बताइएको छ । केही कार्यकर्ताले वडा सदस्य, प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्तिलाई पुनः प्रदेश कमिटीमा ल्याउनुको कारणबारे प्रश्न उठाएका छन् ।

प्रदेश कमिटीभित्रको शक्ति सन्तुलन र नेतृत्वको प्रभावलाई लिएर पनि चर्चा सुरु भएको छ। एमाले वागमती प्रदेश कमिटीका तत्कालीन सचिव नवराज सिलवाल केन्द्रीय सदस्यमा पराजित भएपछि रिक्त सचिव पदमा सिन्धुपाल्चोकका बालकृष्ण देउजालाई जिम्मेवारी दिइएको थियो। त्यसपछि प्रदेश कमिटी सदस्य तथा विभागीय जिम्मेवारीमा गरिएको मनोनयनमा नेतृत्व निकट व्यक्तिहरू प्राथमिकतामा परेको आरोप पार्टीभित्रैबाट उठ्न थालेको छ।

सदस्यहरु मनोनीत  गर्दा वागमती प्रदेश सचिव देउजा,उप सचिव रमेश आचार्य र प्रदेश कमिटी सदस्य अशोक चौलागाईले आफु निकटका लाई ल्याएका थिए । उप सचिव आचार्यले त आफ्ना बुबालाई समेत प्रदेश कमिटी सदस्यमा मनोनीत गरेका छन् । अधिवेशनमा पराजीत भएकाहरुलाई समेत अहिले प्रदेश कमिटीमा मनोनीत गरेपछि वागमतीका नेताहरु असन्तुष्ट छन् ।

विवादलाई थप बल पुगेको विषय भने विभागीय नियुक्ति बनेको छ। प्रदेश सचिव देउजाले आफ्नै भाइ दिपक विक्रम देउजालाई सामाजिक सुरक्षा तथा समाज कल्याण विभागको सचिवमा मनोनयन गरेको भन्दै पार्टीभित्र ‘नातावाद’ को प्रश्न समेत उठेको छ। शिक्षा तथा मानव स्रोत विभागको सचिवमा पत्रकारसमेत रहेका एमाले नेता रामचन्द्र नेपाल मनोनीत भएका छन्  । प्रदेश कमिटीले यसपटक ३० वटा विभाग गठन गर्दै प्रमुख र सचिव चयन गरेको जनाएको छ ।
नेकपा एमाले वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङगेल भने आफु बाहिर रहेको र पार्टीका सचिवँिग् जानकारी लिन भने । वागमती प्रदेशकी प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले पनि आफु बैठकमा रहेको भन्दै जानकारी दिन चाहिनन् ।

 को को भए प्रदेश कमिटी सदस्यमा मनोनीत  

मकवानपुर 
राजाराम स्याङतान, गेविन्दराम चेपाङ, जयराम डिम्डुङ्ग, इन्द्रमान स्याङतान
चितवन
उमाकान्त शर्मा, जयचन्द चौधरी, नारायण अधिकारी
काभ्रे
प्रकाश गौतम, रक्तिम लामा, रुप योञ्जन
दोलखा
गणेश कार्की
रामेछाप
जय गुरुङ, ज्ञानकुमार योञ्जन, टंक चौलागाईं
नुवाकोट
बासुदेव कटुवाल, बुद्धी प्रधान, मिलन लामा, रामहरी न्यौपाने
धादिङ
रामकुमार आचार्य, सञ्जय दुवाडी, सन्तोषराज क्षेत्री
सिन्धुपाल्चोक
युद्ध विक्रम तामाङ, सूर्य लामा
सिन्धुली
लक्ष्मण कार्की

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट