२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

भोटेकोशी हेलि रिसोर्ट लिलाम

७० करोडको ‘ड्रिम प्रोजेक्ट’ अब ३४ करोडमै लिलाम : हेलि रिसोर्ट साझेदार विवाद र ऋणको दलदलमा डुब्यो

बिहिवार , आषाढ ४, २०८३

समयमा कर्जा तिर्न नसकेपछि नेपाल बैंकले शुक्रबार बोलकबोलमार्फत रिसोर्ट लिलाम गर्न लागेको हो । अहिलेको मूल्याङ्कनअनुसार रिसोर्टमा झण्डै ७० करोड रुपैयाँ लगानी भए पनि बैंकले आफ्नो ऋणबापत करिब ३४ करोड रुपैयाँमा लिलाम गर्न लागेको नेपाल बैंकले जनाएको छ ।

२०७२ को भूकम्पपछि विदेशी पर्यटकलाई लक्षित गरी नेपाल–चीन सीमा नजिक भोटेकोशी गाउँपालिका–४ मा निर्माण गरिएको पाँचतारे हेलि रिसोर्ट अन्ततः बैंकले लिलाम गर्ने भएको छ ।

साझेदारबीचको लामो समयदेखिको विवादपछि बैंकले कर्जा असुलीका लागि रिसोर्ट लिलाम गर्न लागेको हो । नेपाल बैंक लिमिटेडबाट रिसोर्ट सञ्चालनका लागि कर्जा लिइएको थियो ।

  समयमा कर्जा तिर्न नसकेपछि नेपाल बैंकले शुक्रबार बोलकबोलमार्फत रिसोर्ट लिलाम गर्न लागेको हो । अहिलेको मूल्याङ्कनअनुसार रिसोर्टमा झण्डै ७० करोड रुपैयाँ लगानी भए पनि बैंकले आफ्नो ऋणबापत करिब ३४ करोड रुपैयाँमा लिलाम गर्न लागेको नेपाल बैंकले जनाएको छ ।

2273f542-39eb-44f0-ab3b-ee38089c0f00.jpg

करोडौंको लगानी कसरी लिलामसम्म पुग्यो हेलि रिसोर्ट ?

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का व्यवसायी छिरिङ शेर्पाको अग्रसरतामा विदेशी पर्यटकलाई हेलिकप्टरमार्फत ल्याउने महत्वाकांक्षी उद्देश्यसहित २०७५ सालदेखि हेलि रिसोर्ट निर्माण सुरु गरिएको थियो । सिन्धुपाल्चोकको नमुना रिसोर्ट बनाउने लक्ष्य भए पनि कोरोना महामारी लगायतका कारण लगानी बढ्दै गएपछि शेर्पा लगायतको समूहले निर्माण कार्य पूरा गर्न सकेनन् ।

‘बैंकको ब्याज नै तिर्न नसक्ने अवस्था भयो, बीचमा हामीले अन्य सञ्चालकहरू समेत ल्याएर रिसोर्ट निर्माण पूरा गरेका थियौं,’ पूर्व सञ्चालक छिरिङ शेर्पाले भने । सञ्चालन गर्न नसक्ने अवस्था भएपछि शेर्पाले अन्य व्यक्तिहरूलाई समेत रिसोर्टमा भित्र्याएका थिए । शेर्पासँगै अर्का सञ्चालक पोखराका चिनु रानाभाट पनि रिसोर्टमा जोडिएका थिए ।

SHARE LAGAT_page-0001.jpg

 

SHARE LAGAT_page-0002.jpgशेर्पा एमालेका नेता भए पनि एमाले विभाजनपछि उनी त्यतिबेला माधव नेपालको समाजवादीमा आवद्ध भएका थिए । त्यही समयमा राजनीतिक पहुँच मिलाउने प्रयासस्वरूप शेर्पासँगै माधव नेपालका भतिज समिर नेपाल पनि रिसोर्टमा जोडिएका थिए । नेपालकै पहलमा विवादास्पद शेयर कारोबारी दिपेन्द्र अग्रवाल रिसोर्टमा जोडिएका थिए ।

कांग्रेस नेता तथा ‘डन’का रूपमा चिनिने काभ्रेका गणेश लामा समेत यो रिसोर्टमा संलग्न थिए । रिसोर्टमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका समिर नेपाल र गणेश लामाले निःशुल्क शेयर लिएर हाल रिसोर्टबाट अलग भइसकेका छन् । सुरुका सञ्चालक छिरिङ शेर्पा र चिनु रानाभाटले आफ्नो शेयर दिपेन्द्र अग्रवाल र सुवास प्रधानलाई बिक्री गरेपछि उनीहरू पनि रिसोर्टबाट अलग भएका छन् । हाल कम्पनी रजिस्ट्रारको कार्यालयमा रिसोर्टका आधिकारिक सञ्चालक सुवास प्रधान र व्यवस्थापकमा दिपेन्द्र अग्रवाल उल्लेख गरिएको छ ।

SHARE LAGAT_page-0003.jpg

चिनु र सुवास जोडिए, पैसा नदिएपछि सुवास जेलमा

इन्टेरियर सामग्री सप्लायरका रूपमा सुवास प्रधानलाई जिम्मा दिइएको थियो, यही क्रममा उनी रिसोर्टमा प्रवेश गरेका थिए । चिनुले आफ्नो शेयर आधा मूल्यमा सुवासलाई बिक्री गरेका थिए । तर सुवासले दिएको चेक बाउन्स भएपछि चिनुले जिल्ला प्रहरी कार्यालय कास्कीमा सुवासविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गरेका थिए ।

बैंकिङ कसुर मुद्दामा सुवास हाल पुर्पक्षका लागि थुनामा परेपछि रिसोर्टको कारोबार झन् भद्रगोल हुँदै लिलामसम्म पुगेको पूर्व सञ्चालक शेर्पाले बताए ।

SHARE LAGAT_page-0004.jpg

रिसोर्टमा अग्रवालको प्रवेश

माधव नेपालको भतिज समिर नेपाल र कांग्रेस नेता गणेश लामा मार्फत दिपेन्द्र अग्रवाल रिसोर्टमा प्रवेश गरेका थिए । छिरिङ शेर्पा लगायतको शेयर अग्रवालले लिए भने चिनुको सम्पूर्ण शेयर सुवासले लिएका थिए । शेर्पा र चिनुले आधा मूल्यमा नै शेयर बिक्री गरेका थिए ।

रिसोर्टमा सशस्त्र प्रहरीका एआईजी बंशिराज दाहाल पनि आवद्ध भएको चर्चा भए पनि दाहालको रिसोर्टसँग कुनै सम्बन्ध नरहेको पूर्व सञ्चालक शेर्पाले बताए । सुवास बैंकिङ कसुरमा पक्राउ परेपछि त्यसपछि अग्रवाल पनि धितोपत्र प्रकरणमा पक्राउ परेका थिए । रिसोर्ट सञ्चालनमा आर्थिक समस्या बढ्दै गएपछि छिरिङ र चिनबहादुरको शेयर अग्रवालले खरिद गरेका थिए । सुवाससँग ३ लाख ९६ हजार कित्ता शेयर दिने सम्झौता भएको थियो ।

f2514a4e-4cf9-4a9e-b693-9cc716cad2ef.jpg

रिसोर्टका बाँकी कामका लागि अग्रवालले ६ करोड रुपैयाँ दिने सहमति भएको सञ्चालकहरूले बताएका छन् । रिसोर्टबाहेक अन्य सबै शेयर सदस्यहरू विभिन्न पेशा–व्यवसायमा समेत संलग्न भएकाले बीचमा मनमुटाव सुरु भएको थियो । ‘एकले अर्कालाई सिध्याउने खेलजस्तै भयो भन्ने कुरा पछि मात्रै थाहा भयो,’ पूर्व सञ्चालक शेर्पाले भने । कम्पनी रजिस्ट्रारको कार्यालयअनुसार सुवास र दिपेन्द्र अग्रवालको परिवारको नाममा हाल स्वामित्व देखिन्छ । शेयर बिक्रीका क्रममा बैंक ग्यारेन्टी फुकुवा (बीजी, पीजी) गर्ने र बजारको दायित्व तिर्ने सहमति भए पनि हालसम्म कार्यान्वयन नभएकाले दायित्वले समेत आफूहरू समस्यामा परेको शेर्पाले गुनासो गरे ।

7d770a6c-4f0c-4715-bd81-336afe6aecee.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट