अनुसन्धान प्रक्रियामा रहेका अधिकारीहरूलाई अपमानजनक व्यवहार गरिएको तथा तत्काल पक्राउ नगरे परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइएको थियो ।
काठमाडौं / विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ प्रक्रियामा अनियमितता, कर छली तथा कमिसनको नाममा पुँजी पलायन भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई मंगलबार पक्राउ गरेको छ। तर उनको पक्राउसँग जोडिएका घटनाक्रमबारे विभिन्न दाबी सार्वजनिक भएपछि यो विषय राजनीतिक तथा संसदीय बहसको केन्द्रमा पुगेको छ।
लामो समयदेखि अख्तियारले ई–पासपोर्ट खरिद तथा छपाइ प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानकै क्रममा रहे पनि महानिर्देशक अर्यालको पक्राउ एकाएक भएको भन्दै त्यसको पृष्ठभूमिबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।
पत्रकार सिताराम बरालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख लगायतलाई अश्लिल गाली र धम्की दिदै महानिर्देशक अर्याललाई पक्राउ गर्न दबाब दिएको दाबी गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार प्रमुख प्रेम राई लगायत आयोगका पदाधिकारी तथा महान्यायाधिवक्ता नारयणदत्त कडेल सहित सम्बन्धित अधिकारीहरूलाई बोलाइएको थियो । उनीहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट हुने जानकारी पाएर प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
प्रधानमन्त्रीसँग अख्तियार प्रमुख लगायत पदाधिकारीहरुको भेटघाट नभएकाले प्रधानमन्त्री कार्यालयबाट भेट्ने खबर आएपछि अख्तियारका प्रमुख सहित पदाधिकारीहरु प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।
तर प्रधानमन्त्री कार्यालयमा पुगेपछि त्यहाँ रहेका केही अपरिचित व्यक्तिहरूले राहदानी खरिद प्रकरणबारे विस्तृत जानकारी माग्दै हालसम्मको अनुसन्धान प्रगतिबारे सोधपुछ गरेको दाबी गरिएको छ। अनुसन्धानमा संलग्न निकायका पदाधिकारीहरूलाई तत्काल पक्राउ प्रक्रिया अघि बढाउन दबाब दिइएको आरोपसमेत सार्वजनिक भएको छ ।
पत्रकार सिताराम बरालले आफ्नो फेसबुकमार्फत यस विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री कार्यालयभित्र अख्तियारका पदाधिकारीहरूलाई महानिर्देशक अर्यालविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको दाबी गरेका छन्। बरालका अनुसार अनुसन्धान प्रक्रियामा रहेका अधिकारीहरूलाई अपमानजनक व्यवहार गरिएको तथा तत्काल पक्राउ नगरे परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइएको थियो । त्यहाँ रहेका सबैलाई कोठा भित्रै थुनेर यही बाट पक्राउ पुर्जी जारी नगरे,द्दरमा जान नदिने बताएपछि अख्तियार पदाधिकारीहरु डराएको प्रत्यक्षदर्शीहरुले आफुलाई जानकारी गराएको पत्रकार बरालले बताए ।
प्रधानमन्त्रीका सहयोगीहरुले कुटपिट गर्ने धम्की समेत दिएपछि अख्तियारले छानविनको प्रक्रियामा रहेपनि अख्तियारले दबाबमा पक्राउ पुर्जी जारी गराएर महानिर्देशक अर्याललाई पक्राउ गरिएको थियो । प्रधानमन्त्रीको कार्यालयमा सबै नचिनेका व्यक्तिहरुको मात्रै उपस्थिति रहेको त्यहाँ रहेका प्रत्यक्षदर्शीहरुले आफुलाई जानकारी गराएको पत्रकार बरालले जानकारी दिए ।
त्यसपछि सोही स्थानबाट पक्राउ पुर्जी तयार गराइएको, सम्बन्धित अधिकारीहरूलाई बोलाएर पक्राउ प्रक्रिया अघि बढाइएको तथा अनुसन्धान अझै जारी रहेकै अवस्थामा दबाबका बीच पक्राउ गरिएको आरोप पनि सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीका सहयोगीहरुले कुटपिट गर्ने धम्की समेत दिएपछि अख्तियारले छानविनको प्रक्रियामा रहेपनि अख्तियारले दबाबमा पक्राउ पुर्जी जारी गराएर महानिर्देशक अर्याललाई पक्राउ गरिएको थियो । प्रधानमन्त्रीको कार्यालयमा सबै नचिनेका व्यक्तिहरुको मात्रै उपस्थिति रहेको त्यहाँ रहेका प्रत्यक्षदर्शीहरुले आफुलाई जानकारी गराएको पत्रकार बरालले जानकारी दिए । राहादानीको ठेक्का नपाएका व्यक्तिहरु समेत त्यो टोलीमा रहेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस विज्ञ दिपा दाहालले भने आफुलाई यो विषयमा जानकारी नभएको बताइन । मलाई यसको सूचना थाहा छैन,यदि थाहा भयो भने तपाँइलाई खबर गर्छु दाहालले भनिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया भनेको हालसम्म आएको छैन ।
पक्राउ प्रक्रिया र त्यसअघि भएका भनिएका घटनाक्रमबारे प्रश्न उठाउँदै केही सांसदहरूले संसदमा समेत विषय प्रवेश गराएका छन्। अनुसन्धान प्रक्रियामा कुनै प्रकारको राजनीतिक वा बाह्य हस्तक्षेप भएको हो वा होइन भन्ने विषयमा स्पष्ट छानबिन हुनुपर्ने मागसमेत सासंदहरुले उठाएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सासंद नरेन्द्र केरुङ र नेकपा सासंद रमेश मल्लले प्रधानमन्त्री कार्यालय भित्र संवैधानिक पदाधिकारी माथी भएको घटनाको जवाफ दिन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस