काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि आफ्नो प्रिय क्लास छुटेको बताएका छन् ।
उनले आज संसदमा सांसदहरुको जवाफ दिने क्रममा आफू मन्त्री भएपछि सधैँ संसदमा उपस्थित हुन नसकेको भन्दै आफ्नो क्लास छुटेको उनले बताएका हुन् ।
मन्त्री पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे ३ अर्ब अबन्डा रहेको बताए । यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको उनले बताए ।
त्यस्तै, उनले सुरुमा गाउँसँग भएको पिरती जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको बताए । उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि बताए ।
उनले भने, ‘म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ । पक्का जोगी हो म चाँही । व्यवहारिक रूपमा पनि म जोगी नै हो ।’
प्रतिक्रिया दिनुहोस