काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि तथा संगठनात्मक व्यवस्थापनका विषयमा विस्तृत छलफल भइरहेको जनाइएको छ।
रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने पार्टी स्रोतले जनाएको छ।
महाधिवेशनलाई पार्टीको भावी संगठनात्मक संरचना, नेतृत्व चयन तथा नीतिगत दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । सोहीअनुसार तयारीलाई तीव्रता दिन सचिवालय बैठकले विभिन्न विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस