नेपालको औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ पाएको छ ।
यूरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड प्रदान गरेको हो । दाहाल नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत हुन् ।
एमडीएच फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ । यो दम, निमोनियासहित फोक्सोका रोगीहरूका उपचारमा प्रयोग गरिन्छ । कम्पनीले औषधि अनुसन्धान र विकासमा अग्रणी भूमिकासमेत निर्वाह गरिराखेको जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत दाहालले भने, “यूरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा स्थापित ‘क्वालिटी अचिभमेन्ट अवार्ड नेपाली औषधि कम्पनीले प्राप्त गर्नु गौरवको विषय हो ।” कम्पनीले पशु तथा मानव स्वास्थ्यका लागि चाहिने विभिन्न औषधि उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस