२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

चिया निर्यातमा अवरोध : कोशीका चिया उद्योग बन्द, एमालेद्वारा तत्काल समाधानको माग

बिहिवार , आषाढ ४, २०८३

विराटनगर । नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण झापा र इलामका चिया उद्योगहरू बन्द हुन पुगेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले गम्भीर चासो व्यक्त गरेको छ । पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिया निर्यातमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो ।

एमालेका अनुसार चिया उत्पादनको मुख्य केन्द्र इलाम जिल्लाका ५३ वटा तथा झापाका ३६ वटा उद्योगसहित पाँचथरसम्मका चिया उद्योगहरू पूर्ण रूपमा बन्द भएका छन् । उद्योग बन्द हुँदा करिब ६० हजार मजदुर प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

विज्ञप्तिमा चिया नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक भएकाले निर्यातमा आएको अवरोधले किसान, उद्योगी तथा श्रमिक सबैलाई गम्भीर असर पारेको उल्लेख गरिएको छ । चिया बिक्री हुन नसक्दा किसानले उत्पादनको उचित मूल्य नपाउने, उद्योग सञ्चालनमा कठिनाइ हुने तथा हजारौं श्रमिकको रोजगारी र आयआर्जन प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ ।

कोशी प्रदेशमा नेपालको करिब ९८ प्रतिशत चिया उत्पादन हुने भएकाले यस क्षेत्रमा देखिएको संकटले प्रदेशको समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको एमालेको भनाइ छ ।

पार्टीले नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन पहल गर्न आग्रह गरेको छ । साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यापारिक सहकार्य र पारस्परिक हितलाई ध्यानमा राख्दै समस्याको शीघ्र समाधान खोज्न भारतीय पक्षसँग पनि अनुरोध गरिएको छ ।

एमाले कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिया किसान, मजदुर तथा उद्योग–व्यवसायीहरूको पक्षमा पार्टी दृढतापूर्वक उभिएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

592153484_1027708392993241_5046208059871133061_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट