नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप हिरासतमा राख्न प्रहरीले म्याद थपको अनुमति माग्दै सोमबार विशेष अदालत, काठमाडौंमा उपस्थित गराएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई प्रहरीले अदालतमा उपस्थित गराई हिरासत अवधि थप गर्न अनुमति मागेको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि विशेष अदालतले असार ८ गतेदेखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
यसअघि अदालतले दिएको हिरासतको म्याद असार १४ गते सकिएकाले अनुसन्धान जारी राख्न प्रहरीले पुनः म्याद थपको अनुमति मागेको हो।
प्रतिक्रिया दिनुहोस