२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ईटहरीमा १६ करोडमा नेपाल लाइफले खरिद गर्‍यो भवन

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले व्यवसायीक प्रयोजनका लागि ईटहरीमा भवन खरिद गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यवसायीक प्रयोजनका लागि जग्गा भवन खरिद गरेको जनाएको हो ।

सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा न ६ मा रहेको सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको करिब १६ करोड ७९ लाख ५६ हजार ८ सय ८९ रुपैयाँ मूल्य बराबरको जग्गा भवन किनेको हो ।

कित्ता नं ४७६, ४७७ र ३१५८ को भवन सहित ९१ दशमलब ५० धुर क्षेत्रफलको जग्गा भवन खरिद गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले व्यवसायी एव कार्यालय प्रयोजनका लागि सो मूल्यमा भवन खरिद गरेको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट