२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ - नेशनल लाईफ इन्स्योरेन्स सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा  सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य हुनु भएका ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय  रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरु बिच सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको भन्दै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट