२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकको १८औं वार्षिकोत्सव सम्पन्न

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । ‘सबैमा पहुँच’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंकले आज (मंसिर ७ गते) १८औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको बैंकले आज शुक्रबार देशभरी विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको हो ।

वार्षिकोत्सवका अवसरमा बैंकले निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ :

१. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।

- विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।

- विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।

- विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।

- विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।

- विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।

- विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।

- विकास बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।

२. जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर (रक्सी पत्ता लगाउने यन्त्र) र रंगिन प्रिन्टर प्रदान ।

३. कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।

४. कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान ।

५. बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान ।

६. श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण ।

७. जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान ।

८. श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।

९. मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।

१०. श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण ।

११. श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण ।

त्यसैगरी बैंकले “स्वस्थ जीवनशैली” का लागि खेलकुद भन्ने नाराका साथ शनिबार गरिमा रोड रेस प्रतियोगिता-२०८१ आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० किमि र कर्पोरेट तर्फ महिला र पुरुष ५ किमि दुरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगितामा बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रु.७५,०००/– रु.६०,०००/, रु.४५,०००/–, रु.३०,०००/– र रु.१५,०००/– पुरस्कार प्रदान गर्ने जनाएको छ ।

खुल्ला र कर्पोरेट तर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

साथै, बैंकले यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरुलाई कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट