२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सवारी तथा यातायात ऐन संशोधनका लागि खबरदारी गर्दै यातायात श्रमिकहरु

बिहिवार , जेठ २१, २०८३

काठमाडाैं । सरकारले विधेयक मार्फत ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक विरोधी दफाहरु संशोधनका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरी खबरदारी कार्यक्रम गर्ने भएको छ ।

सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक मार्फत सरकारले फास्टट्रयाकबाट ल्याउन लागेको ऐनमा भएका त्रुटिहरु सच्याउन संगठनले जेठ १५ गते नै भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइएपनि सरकारले वेवास्ता गर्दै पेलेरै ऐन ल्याउने संकेत पाएपछि संगठनले देशव्यापी आन्लोलनको तयारी स्वरुप देशैभरी खबरदारी कार्यक्रम गर्न लागिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । 
 
बिहिबार संगठनको सातौं बैठक बस्दै देशभरीका सबै बसपार्कहरुमा खबरदारी सभा गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयले जारी गर्न लागिरहेको ऐनको दफा ६५ मा रहेको ज्यान मारेमा भन्ने दफा त्रुटीपूर्ण रहेको र चालकलाई हुने सजायको व्यवस्था पूर्वाग्रहपूर्ण रहेको अध्यक्ष राईले बताए । 

उनले भने, ''सडक दुर्घटनाका घटनालाई अपराध संहितासंग जोडेर चालकलाई कारबाहीको सिफारिस गरिएको छ यो नमिल्ने विषय हो । सडक दुर्घटनासंग सम्बन्धीत कसुर र मुलुकी अपराध संहिता ऐन २०७४ को कसुर फरक भएकाले यो दफालाई सच्याउनु पर्छ ।''
 
त्यस्तै, ऐनको दफा ६६ को अङ्गभङ्ग भएमा हुने सजाय, दफा ६२ को तत्काल जरिवाना गर्न सकिने, दफा २० को चालक अनुमतिपत्र लिम्बन र खारेजी लगायतका दफाहरु यातायात श्रमिक प्रतिकुल रहेकाले कानुनी न्यायको सिद्धान्तका आधारमा संशोधन गरिनुपर्ने अन्यथा संगठनले देशव्यापी आन्दोलन गरिने निर्णय भएको राईले बताए । 

WhatsApp Image 2026-06-04 at 5.50.32 PM (1).jpeg

भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइसकिएको छ, संगठन तथा अन्य सरोकारवालासंग छलफलनगरी कानुन जवरजस्ती पास गर्न खोजिए देश ठप्प हुने राईले बताए । ऐनमा धेरै त्रुटीहरु रहेकाछन् सार्वजनिक यातायातलाई सुधार गर्न ऐनलाई लगानीमैत्री, श्रमिकमैत्री र यात्रीमैत्री बनाउनका लागि अहिलेको संरचना हटाउँदै राष्ट्रिय यातायात प्राधिकरणको परिकल्पना गर्नुपर्नेमा पुरानै शैलीको कानुनले देशको यातायात सुधार हुन नसक्ने संगठनको बैठकले निष्कर्ष निकालेको छ । 

सवारी तथा यातायात ऐनसँगै यातायात नीति, सडक सुरक्षा परिषद् ऐन समेतसँगै ल्याउनु पर्नेमा सरकार यस विषयमा गम्भिर नदेखिएको संगठनले आरोप लगाएको छ । त्यस्तै, यातायातलाई उपेक्षा गर्दै मन्त्रालयबाट यातायात हटाएर भौतिक पूर्वाधार मन्त्राय मात्रै बनाएको प्रति समेत बैठकले सरकारलाई त्रुटी सच्याउन आग्रह गरेको छ ।  

श्रमिक प्रतिकुल दफाहरुलाई तत्काल संशोधन गर्दै ३४ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई तत्काल प्रतिस्थापन गर्न समेत संगठनले सरकारलाई आग्रह गरेको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिफन्टका महासचिव लक्ष्मण शर्मा अतिथिका रुपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट