२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर सँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाडौँ—३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष“मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट