२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्विनी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, एवं लुम्विनी प्रदेश अन्तर्गत रहेका शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा लुम्विनी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएकोमा लुम्विनी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट