२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एभरेष्ट कलरले आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आइपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। नेपालमै पहिलोपटक रङ उद्योगको आइपीओ निष्कासन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको हो।

यस सम्बन्धमा दुई कम्पनीबीच सोमबार सम्झौता भएको छ।

सम्झौता पत्रमा एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईंटेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे।

एभरेष्ट कलरले प्रति कित्ता ५० रुपैयाँका दरले ७ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट