२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ई-सेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित पौडेलको निरन्तरता

मंगलवार , मंसिर १८, २०८१

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकाको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।

विगत एक वर्षदेखि ई–सेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित ई–सेवाको प्रधान कार्यालयमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

ई–सेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवद्र्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट