२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल प्रिमियर लिग लक्षित सामसङको अफर : टिभी खरिदमा ३१ प्रतिशतसम्म छुट

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । सामसङले नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै आफ्ना टेलिभिजन सेटहरुमा ३१ प्रतिशतसम्म छुट दिने भएको छ।

घरमै क्रिकेट हेरिरहेका दर्शकका लागि ठूलो स्क्रिनमा मनोरञ्जन दिलाउने उद्देश्यले सामसङ नेपालले आकर्षक छुट अफर ल्याएको हो।

अफरमा सामसङका क्युएलइडी टिभी, क्रिस्टल युएचडी फोरके टिभी र एफएचडी टिभीको इमर्सिभ रेन्जका टेलिभिजन समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीले खरिदकर्ताहरूलाई १२ महिनाको अवधिलाई शून्य प्रतिशत ब्याजदरमा टिभीहरु सहजरुपमा मासिक किस्तामा सामसङको इन्स्टा-फाइनान्स सेवा दिनेछ। खरिदकर्ताहरुले नेपाली नागरिकताबाटै किस्ता सुविधा उपयोग गर्न सक्छन्।

एक्सचेन्ज पार्टनर अर्कोस्टोरसँग मिलेर सामसङले पुराना इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि ल्याएको छ। आगामी पुस १६ गतेसम्म मान्य हुने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारका डिलर नेटवर्कबाट देशभर पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट