२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्ट्यान्डर्ड चार्टर्डको सिइओमा पहिलो पटक नेपाली, गोरख राणा नियुक्त

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन्।

राणाको नियुक्त्तीसँगै बैंकले पहिलोपटक नेपालीलाई सिइओमा नियुक्त गरेको हो। यसअघि बैंकको सिइओमा सबै विदेशी बैंकर नियुक्त्त हुँदै आएका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ बाट संचालनमा आएको बैंक हो ।

राणाले ग्रिनलेज बैंकबाट करियर सुरु गरेका थिए। त्यसपछि स्ट्यान्डर्ड चार्टर्डले ग्रिनलेज बैंक खरिद गरेदेखि नै राणा सोही संस्थामा आबद्ध रहँदै आएका थिए।

सिइओमा नियुक्त हुनु अघि बैंकमा राणा डेपुटी सीइओको भूमिकामा थिए। सन् १९९४ देखि राणा स्ट्यान्डर्ड चार्टर्डसँग आबद्ध भएका हुन्।

राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाइँ हुन्। उनकी श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित मृत्यु भएको थियो।

स्ट्यान्डर्ड चार्टर्ड अहिले सर्वाधिक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हो। बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट